हावाहुरीले धान बालीमा क्षति

सोमबार राति आएको ठुलो हावाहुरीसहितको पानीले रुपन्देहीको धानबालीमा ठुलो क्षति गरेको छ । किसानले काट्न तयारी गरिरहेको अवस्थामा आएको हावाहुरीसहितको पानीले अधिकांश खेतको धान सुताएको छ । धान पानीले भिजेका कारण उत्पादनमा समेत ठुलो असर पु¥याउने अवस्था देखिएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धान बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिलकानु बानियाँले किसानको क्षति भएको धानको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

लगातारको वर्षाले बागलुङमा धान बालीमा क्षति

गलकोट : लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा  क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले ढालेर पानीले भिजाएर धानमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार केही स्थानमा धान ढलेको छ यो वर्ष धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। ‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर् याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीख

वर्षा, हिमपात हावाहुरीले धानबाली नष्ट जनजीवन कष्टकर

म्याग्दी : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ।असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका छन्।पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्र

वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार...

कृषकलाई तत्काल राहत दिनु नै न्याय

देशभर दसैंको खुसीयाली साटासाट हुँदै थियो । असोज ३१ गतेबाट परेको अविरल वर्षा र हावाहुरीले अधिकांश क्षेत्रमा कृषि बालीमा क्षति पु¥यायो । कृषकको पाक्न लागेको धान ढल्यो । काटेर थन्क्याउन तयारी अवस्थामा रहेको धानसमेत पानीले डुबाएपछि किसान अहिले बिचल्लीमा परेका छन् । कल्पनै नगरेको मनसुनपछिको वर्षाले देशका अधिकांश स्थानमा पाक्न लागेको बालीमा क्षति पु¥याएको छ […]

हावाहुरीले कृषि बालीमा क्षति

हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।