स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि शय्या उपलब्ध गराउन नसक्ने अभिव्यक्ति दिएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
समाजका केन्द्रीय कार्यसमिति सभापति गोविन्द खनालले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट च्युत भएको जनाएको छ ।
‘सरकार विहीनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवं दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी महाविपत्तिको रूपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय/अन्तर्राष्ट्र...