बीमा क्षेत्रमा नियामक बीमा समितिले फोर्स मर्जरको नीति ल्याएको चार महिना पूरा भएको छ । समितिले गत चैत २२ गते एक निर्णय गर्दै निर्जीवन बीमा कम्पनीहरूका लागि न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्तापुँजी अनिवार्य तोकेको थियो । बीमा कम्पनीहरुको स्तरसँगै क्षमता विकास गर्नुपर्ने भन्दै समितिले एक वर्षको म्याद दिँदै २०७९, चैत मसान्तसम्म तोकिएको पुँजी पुर्याउन सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन गरेको छ । तर, हकप्रद सेयर जारी गर्न रोकेको समितिले पुँजी वृ