एमाले सचिव योगेश कुमार भट्टराई चढेको गाडी तोडफोडको आरोपमा पक्राउ परेका कार्यकर्ता छोड्न माग गर्दै ताप्लेजुङ बन्द गरिएको छ । मंगलबार मेची राजमार्ग बन्द गरेको ‘प्रदेश १ पुनः नामांकन संघर्ष समिति’ले बुधबार ताप्लेजुङमा यातायात तथा बजार बन्द गराएको हो ।
१६ वैशाख, ढोरपाटन । मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहज रुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तिखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने […]
सुर्खेत – एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र […]
जाजरकोट । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम ९पश्चिम०मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका […]
अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प भएकाे छ ।
चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न चितवनमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञाको पहिलो दिन आज बजार र यातायात क्षेत्र ठप्प छ। निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साध
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालले दाङको जनजिबन प्रभावित बनेको छ । आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्।दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा ...
राजधानी माग गर्दै दाङबासी आन्दोलनमा उत्रिएका छन्। प्रदेश नं. ५ को प्रदेश राजधानी दाङको विकल्प अन्यत्र खोज्न थालिएको हल्ला भएपछि दाङमा प्रदर्शन सुरू भएको हो। प्रदर्शनले मंगलबार दिउँसो २ बजेदेखि ४ बजेसम्म यहाँको यातायात, बजार, कलकारखाना उद्योग धन्द सबै ठप्प हुन पुगेको थियो। पूर्वपश्चिम राजमार्गमा समेत यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। तुलसीपुरमा नेपाली कांग्रेसको…
दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका-२ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।