चितवनमा बजार र यातायात ठप्प, चोक-चोकमा प्रहरी (फोटो फिचर)

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न चितवनमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञाको पहिलो दिन आज बजार र यातायात क्षेत्र ठप्प छ। निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साध