ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प

सुर्खेत – एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र […]

सम्बन्धित सामग्री

हेटौंडामा बन्दको प्रभाव : पसल र स्कुल-कलेज खुलेनन्, यातायात ठप्प

मकवानपुर - नेपाल कम्युनिष्ट पार्टीसहित संयुक्त सर्घष समितिले आह्वान गरेको बन्दको हेटौंडामा प्रभाव परेको छ । हिजो साँझ हेटौडाको लोकप्रिय चोकदेखि मउबासंघ चोकसम्म राके जुलु निकालेर बन्दको आह्वान गरेपछि आज बिहानैबाट पसलहरू खुलेका छैनन् । क्याम्पसका बसहरू पनि बन्द छन् ।  बन्दको कारण हेटौंडा बजार सुनसान छ । केही दिनअ...

हेटौंडामा बन्दको प्रभाव : पसल र स्कुल-कलेज खुलेनन्, यातायात ठप्प

मकवानपुर - नेपाल कम्युनिष्ट पार्टीसहित संयुक्त सर्घष समितिले आह्वान गरेको बन्दको हेटौंडामा प्रभाव परेको छ । हिजो साँझ हेटौडाको लोकप्रिय चोकदेखि मउबासंघ चोकसम्म राके जुलु निकालेर बन्दको आह्वान गरेपछि आज बिहानैबाट पसलहरू खुलेका छैनन् । क्याम्पसका बसहरू पनि बन्द छन् ।  बन्दको कारण हेटौंडा बजार सुनसान छ । केही दिनअ...

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् भने निजी सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् । सार्वजनिक यातायात भने ठप्प रहेका छन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । […]

नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि, यातायात ठप्प

बुटवल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दले लामो तथा […]

निजी गाडीको आयात बढ्यो

काठमाडौं । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो । यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६/७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६/७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ । यसैगरी दुईपांग्रेको हकमा ३ लाख ५५ हजार ८६७ मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यसको आयात अघिल्लो वर्ष १ लाख ९८ हजार ६२ मात्रै रहेको थियो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि निजी सवारीको माग बढेको बताए । अघिल्लो वर्ष माघदेखि वैशाखसम्म मागअनुसार पूर्तिसम्म गर्न नसकिएकाले अग्रिम बुकिङ गरिएकोमा अन्य महीनामा पनि विक्री सामान्य बढेको देखिएको उनले बताए । ‘कोभिडपछि स्वास्थ्य सतर्कताका लागि भए पनि निजी सवारीप्रति आकर्षण बढेको देखिएको छ । यसले अटोमोबाइल अत्यावश्यक हो न कि विलासिताको साधन हो भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘कोभिड महामारीका कारण शोरूमसम्मै पुग्नेको संख्या थोरै भएपनि विस्तारै सोधपुछ गर्नेको संख्या बढ्दै गएको छ र सकारात्मक संकेत नै देखिएको छ ।’ गएको वर्ष निजी सवारीको विक्री बढेको देखिए पनि सार्वजनिक सवारीको माग भने ठप्पै देखिएको छ । उक्त वर्ष जम्मा २ सय ७९ ओटा मात्रै बस आयात भएका छन्, जबकि यो संख्या अघिल्लो वर्ष २ हजार ८३ रहेको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण वर्षभरि जस्तै सार्वजनिक यातायात ठप्प भएका कारण सार्वजनिक यातायात धराशयी भएको व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रका लागि गएको वर्ष अप्रिय भएको बताए । ‘व्यवसाय ठप्प भयो, लाखौं मजदूर बेरोजगार भए र राज्यले पनि व्यवसाय पुनःस्थापन तथा मजदूरको जीविकोपार्जनका लागि आवश्यक पहलकदमी गरेन,’ उनले भने । गतवर्ष कुल ४ लाख ७४ हजार ६७९ ओटा यातायातका साधन आयात भएका छन् । आव २०७६/७७ मा यो संख्या ३ लाख ७० हजार २३८ मात्रै रहेको थियो ।

मनाङको ङिस्याङमा खाद्यान्न अभाव

मनाङ । अविरल वर्षासँगै आएको बाढीले यातायात ठप्प भएपछि मनाङको ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिरोले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको हो ।      जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरूले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुने हुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्ने गरेकाले अहिले समस्या परेको गुरुङले बताए । बाढीपहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । रासस

लुम्बिनीमा बन्दको प्रभाव, निजी सवारी फाट्टफुट्ट चले पनि सार्वजनिक यातायात ठप्प

प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहडतालका कारण लुम्बिनी प्रदेशको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाममा निजी सवारीसाधन फाट्टफुट्ट चले पनि सार्वजनिक यातायात चलेका छैनन्

दाङमा प्रचण्ड–माधव समूहको आमहड्तालले यातायात ठप्प

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालले दाङको जनजिबन प्रभावित बनेको छ । आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्।दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा ...

प्रचण्ड–नेपाल समूहको आमहड्तालले दाङमा यातायात ठप्प

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ ।