कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई युएईको दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।
रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएइ)का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।
धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।
रेस्टुरेन्ट व्यवसायी...