२२ कात्तिक, ललितपुर । चक्रपथलाई शहरको सिमाना मान्दा शहरभित्र र बाहिर दुवैतिर पर्छ ललितपुर क्षेत्र नम्बर–२ । पाटन दरबारस्क्वायरदेखि लाँकुरीभञ्ज्याङसम्म फैलिएको यस क्षेत्रका समस्या पनि चक्रपथले दुई खण्डमा बाँडेको छ । चक्रपथभित्रको समस्यामा खानेपानी, ट्राफिक व्यवस्थापन, पुरातात्विक सम्पदा संरक्षणका विषय छन् भने चक्रपथ बाहिर सडकलगायतका पूर्वाधार । खानेपानीको समस्या भने निर्वाचन क्षेत्रभरिको साझा समस्या हो […]