काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमाथि सर्वसाधारणको ठूलो विश्वास र भरोसा रहेको बताएका छन्।सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षाप्रति चनाखो रहेर काम गर्न पनि निर्देशन दिए।गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकक