वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुप