मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने

काठमाण्डौ - तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एक/दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ । देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्खाकाे समय भएक...

सम्बन्धित सामग्री

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनु...

दशैँकाे नवमीदेखि मनसुन सक्रिय हुने, देशभर पानी पर्ने सम्भावना !

काठमाण्डाै – यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताउनुभएको हो । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।यसैबीच भोलि बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा स...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुम...

मनसुन सक्रिय, ३ दिनसम्म पानी पर्ने सम्भावना, गर्मीबाट राहत

काठमाण्डाै – मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।   आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।   आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पह...

मनसुन सक्रिय, अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बिहान काठमाण्डौमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना छ । अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका ...

सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई  नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ...

आज देशका धेरैै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज देशका धेरैै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आज धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको छ । यसले गर्दा अहिले तराईका प्राय: सबैजसो क्षेत्रमा पानी परिरहेको उहाँले बताउनुभयो । प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज विशेषगरी प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा...

मनसुन सक्रिय : आज देशभर पानी पर्ने सम्भावना, यी नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ । मनसुन सक्रिय रहेका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर