पर्सा जिराभवानीका भोपाल राय अर्थात् राय बाबा बितेको वर्षौं भइसक्यो । ब्रिटिस सेनालाई परास्त गर्ने क्रममा प्राणको आहुति दिएको इतिहासले परिचित उनको सम्झना अहिले पनि यहाँका बासिन्दा ससम्मान गर्छन् । तर, उनको वीरगाथा र सुन्दा अद्भुत लाग्ने जीवनसँग जोडिएका महत्त्वपूर्ण दस्ताबेजलाई जोगाउने काम न उनका सन्ततिबाट भएको छ न पालिकाले नै प्रयास गरेको छ ।