थारू आयोगको आयोजनामा थारू महिलालक्षित कानुनी जनचेतना तथा सशक्तिकरणसम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम बिहीबारबाट सुरु भएको छ । दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठान (फरवार्ड) को सभा हलमा भएको कार्यक्रममा मोरङ र सुनसरी दुई जिल्लाका थारू महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन थारू आयोगका सदस्य भोलाराम चौधरीले गरेका थिए । सो अवसरमा उनले कानुनबारे सामान्य जानकारीसमेत नराख्दा थारू महिलालगायत विभिन्न आदिवासी जनजातिहरुले दुःख पाउनु परेको धारणा राखेका थिए । कार्यक्रममा ग्रामथान गा