राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए । उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसे