काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो ।
मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी म...