शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एकरएक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन् । भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक–एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताए ।रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उहाँको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूल