बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं। बागमती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार र पुर्नगठन गर्ने तयारी भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलले आवश्यक छलफलपछि आजै साँझसम्म नयाँ मन्त्रीको सपथ गराउन सक्ने नेताहरूले बताएका छन्। नेकपा माओवादी पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्री मात्र छन्।

सम्बन्धित सामग्री

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ