भारत र इङ्ल्याण्डबीच जारी ५ खेलको टी-२० सिरिजको चौंथो खेल बिहीबार (आज) हुँदैछ।अहमदाबादस्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय मैदानमा हुने खेलमा भारत खेल जित्नैपर्ने दबाबमा हुनेछ। तर, यो खेल इङ्ल्याण्डले जितेमा भने पछिल्लो २ वर्षमा कुनै द्विपक्षीय टी-२० सिरिजमा भारतलाई पराजित गर्ने पहिलो देश बन्नेछ।भारत सन् २०१९ को फेब्रुअरीमा अस्ट्रेलियासँगको सिरिजमा पराजित भएको थियो। त्यसपछि भारत लगातार ६ टी-२० सिरिजमा अपराजित रहँदै आएको छ।यो सिरिजमा अहिलेसम्म टसको भूमिका महत्वपूर्ण रहँदै आएको छ। तीन खेलम