इजलासमा फर्किएका सर्वाेच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् ।नेपाल बार र सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् । न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी