विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमसँग लड्न तयारी अवस्थामा रहनुपर्नेमा हालै मात्र जाजरकोट कन्द्रविन्दु भएर गएको भूकम्पले अझै पनि सरकारी पूर्वतयारी कति कमजोर छ भन्ने देखाएको छ ।
त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् ।
अझैपनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर १० हजार ४२३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । उनका अनुसार जिल्लाभर ७८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा ४ हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् ।
त्यस्तै आठबीसकोट नगरपालिकामा ३ हजार १४, चौरजहारी नगरपालिकामा २ हजार २८९, त्रिवेणी गाउँपालिकामा ९३८ र बाँफीकोट गाउँपालिकामा ११७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिए ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजार रूपैयाँका दरले ५९ करोड २ लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार ११५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रूपैयाँ रकम प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको प्रहरीले लगत संकलन गरेको छ । संकलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे ३० हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । रासस
२०८० साल कात्तिक १७ गते राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा बसोबास गर्ने नागरिकहरू प्रत्यक्ष प्रभावित भए नै। त्यही सँगसँगै आसपासका थप पाँच जिल्लामा पनि आंशिक असर पर्न गयो। पछिल्लो तथ्याङ्क अनुसार भूकम्पमा परी दुवै जिल्ला गरी कुल १५४ जनाको दुःखद् मृत्यु हुनगयो भने करीब ९३४ जना मानिस […]
त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।
उनका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु ६ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।
‘पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौं, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौं,’ उनले भने ।
घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महीनाभन्दा बढी हुँदा पनि अझै पूर्ण विवरण आइसकेको छैन । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।
केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जानकारी दिए ।
कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।
नगरपालिकामा ६ हजार २७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाइएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । लाभग्राहीको विवरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ । रासस
जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्याएको छ । भूकम्पले […]
सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भएको मानवीय तथा भौतिक संरचनामा भएको क्षति अध्ययन गर्न १८ गते बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थन्त्री जनार्दन शर्मा लगायतका टोली जाजरकोट पुग्यो। प्रधानमन्त्री लगाएको टिम जाजरकोट पुग्ने समयमा यता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बसिरहेको थियो। कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक सकेर अबेर अर्थात संघीय सरकारभन्दा
जाजरकोट, मंसिर ४ । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले […]
त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको हो । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन […]
सरकारले पहिलो चरणको उद्धारको कार्य समयमै गरे पनि राहत र पुनःस्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् । शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । यसबीच सरकारका मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको हूल प्रभावित क्षेत्रमा जाने क्रम रोकिएको छैन । तर, राजनीतिक पहुँचका आधारमा स्थानीय जनप्रतिनिधिले कम्बल, टेन्ट र खाद्यान्न वितरण गरेको पीडितको गुनासो छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य शनिबार सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले …