जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु, सय घाइते

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य शनिबार सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले …

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प अपडेट : १५७ को मृत्यु, २०८ घाइते

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ को मृत्यु, सय घाइते

गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

जाजरकोट भूकम्प अपडेट – १३३ जनाको मृत्यु, १८५ घाइते

कम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।