जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।  उनका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु ६ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।  ‘पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौं, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौं,’ उनले भने ।  घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महीनाभन्दा बढी हुँदा पनि अझै पूर्ण विवरण आइसकेको छैन । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ । केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जानकारी दिए ।  कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।  नगरपालिकामा ६ हजार २७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाइएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । लाभग्राहीको विवरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ । रासस

सम्बन्धित सामग्री

नेपाल रिमेडिजले दियो जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल

नेपाल रिमेडिज लिमिटेडले  जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ।  भूकम्प पीडितका लागि वितरण गर्ने गरी  स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन […]

आईएफआरसीद्वारा ‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आपतकालीन अपिल

काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले  ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ। आईएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट

जाजरकोट भूकम्प: ‘राहतमै पक्षपात’

भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न त्रिपाल पुगेको छैन।...

जाजरकोट भूकम्प: ‘राहतमै पक्षपात’

भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न त्रिपाल पुगेको छैन।...

जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले जाजरकोटका भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न राजनीतिक दलले पनि भूकम्प प्रभावितलाई सहयोग रकम प्रधानमन्त्री दैविक राहात कोषमा जम्मा गरेका थिए […]

भूकम्पपीडितलाई सहयोग गर्ने फिल्मकर्मीको घोषणा

फिल्मकर्मीले रुकुम-जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

भूकम्पपीडितलाई सहयोग गर्ने फिल्मकर्मीको घोषणा

फिल्मकर्मीले रुकुम-जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना