सरकारले पहिलो चरणको उद्धारको कार्य समयमै गरे पनि राहत र पुनःस्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् । शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । यसबीच सरकारका मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको हूल प्रभावित क्षेत्रमा जाने क्रम रोकिएको छैन । तर, राजनीतिक पहुँचका आधारमा स्थानीय जनप्रतिनिधिले कम्बल, टेन्ट र खाद्यान्न वितरण गरेको पीडितको गुनासो छ ।