शेयर बजार झन्डै ४० अङ्कले बढ्यो, १ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय २४ दशमलव ७४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । यस्तै दुई सय ३१ वटा कम्पनीकाे ३७ लाख ६५ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शे...

सम्बन्धित सामग्री

शेयर बजार ६ अङ्कभन्दा धेरैले घट्याे, ४ अर्ब २ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – हिजो मङ्गलवार सामान्य घटेको शेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ । आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज स्ट्यान्डर्ड चार्ट...

लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो

काठमाण्डाै – यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।  शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुप...

शेयर बजार आज पनि घट्याे, ३ अर्ब ८२ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ । आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज मिथि...

नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ४४ करोड बराबरको शेयर खरीदविक्री

माघ ४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्सेमा सामान्य करेक्सन आएको छ । यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा  १० दशमलव ७८ अंकले घटेर २ हजार ९३६ दशमलव ६६ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर १ लाख १५ हजार ९५८ पटकमा रू. ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४९ दशमलव ३० पुगेको हो । त्यसैगरी दोस्रोमा मध्य भोेटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ८ दशमलव ११ प्रतिशत बढेर रू.४९६ पुगेको छ ।  यो दिन सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५४० मा झरेको हो । त्यसैगरी दोस्रोमा कर्पोरेट डेभललपमेन्ट बैंकको शेयरमूल्य ४ दशमलव ६२ प्रतिशत घटेर प्रतिकित्ता रू. ६२० मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २८ करोड ११ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू.२५ करोड ७१ लाख ४२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बजार केही दिनदेखि बढेकाले मंगलवार बजारमा सामान्य करेक्सन आएको छ । यो दिन बजार इन्ट्राडेमा नेप्से परिसूचक २ हजार ९८१ विन्दुमा पुगेको थियो । त्यसपछि बढेको बजारमा कारोबारीहरु हावी भएकाले सामान्य करेक्सन आएको हो । सामान्य करेक्सन आउँदैमाथि गएको बजार थप बलियो हुने गर्दछ । माघ लागेसँगै तरलता सहज भएको छ । उता बजार विश्लेषकहरुले भने चुनावी माहोल र विकास खर्च बढ्दै गएकाले पनि शेयर बजार बढ्नमा टेवा पुग्ने बताएका छन् । सूचीकृत कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेका छन् । यसले गर्दा पनि बजार थप माथि जान सक्ने अनुमान लगाउन सकिन्छ । प्राविधिक विश्लेषकका अनुसार बजारले ३० प्रतिशत बढेपछि सामान्य करेक्सन ल्याउँछ नै । सोही कारण अहिले पनि बजार ३० प्रतिशतभन्दा बढी बढेको छ ।

२५१८.९९ विन्दुमा नेप्से परिसूचक, ३ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री

पुस १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६६ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २५१८ दशलमव ९९ विन्दुमा रहेको हो । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रू. ३  अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३३ दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशतले वृद्धि भएर रू.३८५ पुगेको हो ।  यो दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८९ दशमलव १० मा झरेको हो ।  त्यसैगरी दोस्रोमा सामलिङ पावर कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ६ दशमलव शून्य ४ प्रतिशत घटेर रू. ४६७ मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टिलरीको रू.२६ करोड ३९ लाख ४३ हजार बराबरको भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ९१८ कायम भएको छ । कम्पनीको साधारण सभा र लाभांश प्रयोजनको लागि तोकिएको बुक क्लोजको मिति नजिकिएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेकाले पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । त्यसैगरी यो दिन दोस्रोमा नबिल बैंकको रू. २५ करोड ३७ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । यो दिन समूहगत परिसूचक बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको परिसुचक २ दशमलव शून्य ७ प्रतिशतले बढेको छ । त्यसैगरी व्यापार समूहको शून्य दशमलव ६४ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव ११ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव ९१ प्रतिशत,वित्त समूहको शून्य दशमलव ७२ प्रतिशत  र अन्य समूहको परिसुचक शून्य दशलमव १७ प्रतिशतले  वृद्धि भएको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ३५ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ५४ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव २७ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशत र लगानी समूहको परिसुचक शून्य दशलमव ४७ प्रतिशतले घटेको छ ।  पुस महीना लागेपछि बजारले सकारात्मक गति लिएको छ । केही दिन बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेसँगै सामान्य करेक्सन आएको छ । शेयर बजार भनेकै घटबढ भइरहन्छ । करेक्सन हुँदै अगाडि बढेको बजार बलियो हुने पनि अनुमान बजार विश्लेषकहरुले गरेका छन् ।

शब्द चित्रमा साताको शेयर बजार

भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।   नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस

शेयर बजार ओरालो लागेपनि यी कम्पनीको कारोबार उच्च

काठमाडौं, ८ बैशाख । आज शेयरबजार ३२.४१ अंकले घटको छ । नेप्से परिसुचक ओरोलो लाग्दा पनि केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ । आज सबैंभन्दा बढी निफ्राको कारोबार भएको नेप्सेले जनाएको छ । निफ्राको २५ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको हो । बैकको आज ५ सय ७१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको […]