२५१८.९९ विन्दुमा नेप्से परिसूचक, ३ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री

पुस १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६६ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २५१८ दशलमव ९९ विन्दुमा रहेको हो । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रू. ३  अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३३ दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशतले वृद्धि भएर रू.३८५ पुगेको हो ।  यो दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८९ दशमलव १० मा झरेको हो ।  त्यसैगरी दोस्रोमा सामलिङ पावर कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ६ दशमलव शून्य ४ प्रतिशत घटेर रू. ४६७ मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टिलरीको रू.२६ करोड ३९ लाख ४३ हजार बराबरको भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ९१८ कायम भएको छ । कम्पनीको साधारण सभा र लाभांश प्रयोजनको लागि तोकिएको बुक क्लोजको मिति नजिकिएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेकाले पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । त्यसैगरी यो दिन दोस्रोमा नबिल बैंकको रू. २५ करोड ३७ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । यो दिन समूहगत परिसूचक बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको परिसुचक २ दशमलव शून्य ७ प्रतिशतले बढेको छ । त्यसैगरी व्यापार समूहको शून्य दशमलव ६४ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव ११ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव ९१ प्रतिशत,वित्त समूहको शून्य दशमलव ७२ प्रतिशत  र अन्य समूहको परिसुचक शून्य दशलमव १७ प्रतिशतले  वृद्धि भएको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ३५ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ५४ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव २७ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशत र लगानी समूहको परिसुचक शून्य दशलमव ४७ प्रतिशतले घटेको छ ।  पुस महीना लागेपछि बजारले सकारात्मक गति लिएको छ । केही दिन बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेसँगै सामान्य करेक्सन आएको छ । शेयर बजार भनेकै घटबढ भइरहन्छ । करेक्सन हुँदै अगाडि बढेको बजार बलियो हुने पनि अनुमान बजार विश्लेषकहरुले गरेका छन् ।

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ […]

नेप्से परिसूचक २७ अंकले वृद्धि

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। नेप्से परिसूचक २७.५६ अंकले बढेर दुई हजार ६८.२६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४१, फ्लोट इण्डेक्स १.८० र...

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ...

आज पनि बढ्न सकेन नेप्से परिसूचक

आज मंगलबार नेप्से परिसूचक ४५.५९ अंक ले घटेर २०२०.२३ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

नेप्से परिसूचक  ३३ अंकले घट्यो

पछिल्लो एक साता निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार पनि घटेको छ। नेप्से परिसूचक ३३.७६ अंकले घटेर दुई हजार ७८.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.१८, फ्लोट इण्डेक्स २.१३ र...

नेप्से परिसूचक २६ सय माथि

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]