लुम्बिनी विकास बैंकका थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउण्टरको उद्घाटन गरेको छ। बैंकले ८७औँ शाखाका रुपमा ललितपुरको महालक्ष्मी नगरपालिका– स्थित इमाडोलमा  र ८८औँ शाखाको रुपमा भक्तपुरको भक्तपुर...

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर अर्घाखाँचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टर भएका छन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । सो क्रममा अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब […]

अर्घाखाँचीको छत्रदेवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा एक्सटेन्सन काउन्टरको संख्या ४ पुगेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा गरेका थिए । बैंकको एक्सटेन्सन काउन्टर […]

कुमारी बैंकको नयाँ शाखा भेडासिंहमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको जनबाहलस्थित भेडासिंहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डंगोलले गरेका छन् । कुमारी बैंकले देशभर २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरे ।कार्यक्रममा पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए । शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउण्टरबाट विभिन्न सरकारी

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन काभ्रेमा

काभ्रको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।एक समारोहबीच एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् । शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय […]

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर धुलिखेलमा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा संचालनमा आएको छ । बैंकले जिल्लाको धुलिखेल नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र शुभारम्भ गरेको हो । एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् ।बैंकका अनुसार शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ।

सिभिल बैंकको नयाँ शाखा रुम्जाटारमा

सिभिल बैंकले ओखलढुङ्गा सिद्घिचरण नगरपालिका वडा नं–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन् । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्नबहादुर गुरुङको उपस्थिति थियो । साथै, का

पालुङटारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले गोरखाको पालुङटार नगरपालिका–७  बिरुवाटारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई लक्षित गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । एक्सटेन्सन काउन्टर उद्घाटन पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरे । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ  ।बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् । बैंकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

धनकुटामा सनराइज बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं (अस) । सनराइज बैंकले धनकुटाको धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सेवा सुरु गरेको छ । विस्तारित काउन्टर सेवा उद्घाटन बैंकका  प्रदेश १ प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी, स्थानीय उद्योगी, व्यवसायीको उपस्थितिमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गरेका थिए । हाल बैंकले १३९ शाखा, ८५ शाखारहित बैंकिङ इकाइ, १३ विस्तारित काउन्टर र १५८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।