काठमाडौं (अस) । सनराइज बैंकले धनकुटाको धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सेवा सुरु गरेको छ । विस्तारित काउन्टर सेवा उद्घाटन बैंकका प्रदेश १ प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी, स्थानीय उद्योगी, व्यवसायीको उपस्थितिमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गरेका थिए । हाल बैंकले १३९ शाखा, ८५ शाखारहित बैंकिङ इकाइ, १३ विस्तारित काउन्टर र १५८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।