नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका नेता टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा पाँच दलीय गठबन्धनले एमालेविरुद्धको मोर्चाबन्दीलाई सशक्त तुल्याएको छ ।वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि निकै भारी पर्ने देखिएको छ । युवामाझ लोकप्रिय रहेका रामबहादुर चौहानले अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी स्थानीय तहको निर्वाचनका साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत अ