गाेरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधिले माग गरेका छन् । १२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भए भइरहे पनि आयोजना निर्माण भने सुरू हुन सकेको छैन । गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा […]
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको संयोजक पदका लागि आवेदन माग गरिएको छ । बढीमा दुई वर्षका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी सात दिनभित्र मन्त्रालयमा आवेदन पेस […]
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सरकारसँग ११ बुँदे माग राख्दै पूरा नभएर आन्दोलनमा उत्रने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरोकार समितिले माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले सरकारले आयोजनालाई पूर्णरुपमा बेवास्ता गरेको र आफूहरुले राखेको जायज माग पूरा नगरेको बताए । उनले […]
काठमाडौं (अस) । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले न्यून मुआब्जा तोकिएको, तोकिएको मुआब्जा पनि समयमा नपाएको, दर्ता छूट भएका जग्गाको मुआब्जा नपाएको, सुकुमबासी र ऐलानी जग्गामा बस्नेहरूको माग सम्बोधन नभएको, पुनर्बास र पुनःस्थापनाका कार्यक्रम कार्यान्वयन हुन नसकेकालगायत समस्या समाधान गर्न सरकारसँग माग राखेको हो । माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत समितिले दिएको छ ।
समितिले दर्ता र छूट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गर्नुपर्ने, सुकुमबासी र ऐलानी जग्गामा बसोवास गर्नेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिनुपर्ने र जिल्ला मुआब्जा समिति गोरखा र धादिङले मुआब्जा निर्धारण गर्दा मन्त्रिपरिषद्लाई सिफारिश गरेका बुँदाहरू मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयन गरिनुपर्ने माग राखेको छ ।
राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि हालसम्म कामको नाममा ठोस उपलब्धि हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको सात वर्ष पूरा भए पनि हालसम्म आयोजनाको कुनै पनि काम अगाडि बढेको छैन । मुआब्जा वितरण गर्नेबाहेक, आयोजनाको ढाँचा समेत तय हुन सकेको छैन । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले डिपिआर तयार पारी सरकारलाई बुझाएको थियो । हरेक वर्षजसो आयोजनाका बारेमा सरका
काठमाडौँ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका...
बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १२ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रभावितले सो माग गरेका हुन् । आर्थिक केन्द्र र सहरका रुपमा विकास हुँदै गएका ती स्थानको थप अध्ययन तथा नयाँ आधारमा मात्रै मुआब्जा…