सुतिरहेको कांग्रेस उठाउन जुझारु नेताले नेतृत्व लिनुपर्छ

कांग्रेस यतिबेला आन्तरिक रूपमा अलमलमा छ वा विवादमा छ। पार्टी नेतृत्वले कांग्रेसलाई अगाडि बढाउन नसकेको वा कांग्रेस-कांग्रेस जस्तो भएर अगाडि बढ्न नसकेको आरोप इतर पक्षले लगाइरहेका छन्। दुई-दुई महिनामा बस्नु पर्ने केन्द्रीय कमिटीको बैठक एक वर्षसम्म बस्न सकेको छैन। नेतृत्वले आफ्नो पक्षलाई काखी च्यापेको भन्दै आलोचना भइरहेको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेकालाई पार्टीले निलम्बन गर्न नसकेको […]

सम्बन्धित सामग्री

वृद्ध नेताको हातमा पार्टी र देश : उत्तराधिकारी को ?

काठमाडौं : सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने प्रचलन छ। तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष वयोवृद्ध अवस्थाका नेताहरूले चलाइरहेका छन्। शेरबहादुर देउवा कांग्रेस, केपी शर्मा ओली एमाले र पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको नेतृत्व हाँकिरहेका छन्। उनीहरू तीनै जना उमेरले ७० वर्ष पार गरिसकेका छन्। विसं २००३ साल जेठ ३१ गते जन्मिएका देउवा उमेरले ७७ वर्ष पारे। उनले पाँच पटक प्रधानमन्त्री बनेर देश र दुईपटक सभापति भएर पार्टी चलाइसकेका छन्।विसं २००८

माओवादीको बटमलाइन : पहिलो चरणमा नेतृत्व नत्र बाहिर !

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा नै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो अडानलाई नै गठबन्धनमा सहमतिको बटमलाइन बनाउने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नेपाली कांग्रेस सकारात्मक नदेखिएपछि माओवादी ‘अप्रिय’ निर्णय लिन बाध्य हुनसक्ने ‘मुड’ मा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।कांग्रेसले माओवादीलाई सरकारको नेतृत्व नदिएर पूर्व समझदारी पालना नगरेर धोका दिएको बुझाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहेको

कांग्रेस संस्थापनइतरमा ‘लिगेसी’को लडाईंः सभापतिको उम्मेदवार शेखर कि शशांक ?

कांग्रेस १४ औं महाधिवेशनपछि पार्टीको बागडोर सम्हाल्न चाहने नेताले मंसिर २५ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने कार्यतालिका छ । २४ गते कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।  उम्मेदवारी मनोनयनको दिन आउन अब चार दिन मात्रै बाँकी छ । कांग्रेसमा संस्थापन समूहको सभापतिको उम्मेदवार लगभग निश्चित जस्तै छ ।  सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । तर, उनले अहिलेसम्म पदाधिकारीको सूचीसहित प्यानल ...

कांग्रेस अधिवेशनः बाँके जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी

नेपालगञ्ज– नेपाली कांग्रेस बाँकेको नेतृत्व लिन आधा दर्जन नेताले इच्छा देखाएका छन्। संस्थापन र संस्थापन इतर समूहका नेताहरु सभापतिका लागि आफ्नो माहोल बनाउने कसरतम जुटिसकेका छन्। बाँकेमा संस्थापन समूहबाट पाँच जना सभापतिको दौडमा देखिएका छन्। प्रदेश मन्त्री सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा सभापतिको आकांक्षी रहेका छन्। संस्थापन इतर समूहबाट […]

नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी

दाङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्ला अधिवेशनको लागि प्रक्रिया सुरु भएको छ । जिल्ला नेतृत्वको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ । कांग्रेस दाङ हाक्ने गरी जिल्लामा चार जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षधबाट दुई जना र […]

राजनीतिज्ञको समय नघर्कियोस्

वर्तमान सत्ता गठबन्धनका नेताहरूमा न्यायालयलाई अहिलेको दलदलबाट उकास्ने सबभन्दा ठूलो जिम्मेवारी छ। सत्ता गठबन्धनका कतिपय नेताले भन्ने गरेका छन्, 'हामीले अदालतमा हात हाल्न ठिक हुन्न, न्यायालयले आफैं निकास देओस्।’ कम्तीमा देउवा र प्रचण्डले नेतृत्व गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई यसो भन्ने नैतिक अधिकार छैन।

बागमती प्रदेशमा पाण्डे र बानियाँ आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने गरी बाँडफाँट गरेको छ ।  बागमती प्रदेश सभाका रहेका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको एक नेताले जानकारी दिए ।  सहमतिअनुसार शुरूमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । उनले आधा कार्यकाल सरकारको नेतृत्व गरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न...

सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले लिने!

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी छलफल सुरू भएको छ। संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रेस सुदूरपश्चिमका एक नेताले बताए।सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ। कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले वर्तमान सरकारले काम गर्न नसकेकाले नेतृत्व फेरबदल गर्नुपर्ने बताए। केन्द्रमा छलफल

बझाङमा कांग्रेस अधिवेशन स्थगित

बझाङ – नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन्। जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो। पूर्वमन्त्री सुरेश […]

युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला...