कांग्रेस संस्थापनइतरमा ‘लिगेसी’को लडाईंः सभापतिको उम्मेदवार शेखर कि शशांक ?

कांग्रेस १४ औं महाधिवेशनपछि पार्टीको बागडोर सम्हाल्न चाहने नेताले मंसिर २५ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने कार्यतालिका छ । २४ गते कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।  उम्मेदवारी मनोनयनको दिन आउन अब चार दिन मात्रै बाँकी छ । कांग्रेसमा संस्थापन समूहको सभापतिको उम्मेदवार लगभग निश्चित जस्तै छ ।  सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । तर, उनले अहिलेसम्म पदाधिकारीको सूचीसहित प्यानल ...