खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित भए खाली गराउने निर्णय गरेको हो। खाँडाचक्र नगरपालिका–१ वडाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको विशेष संयन्त्रको बैठकले बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन अनुरोध गर्ने निर्णय गरेको हो।