सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् ।सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले बताएको छ । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर