सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी बलियो स्थितिमा
दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतका दुई वटै क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धन र एमालेबीच प्रमुख प्रतिस्पर्धाको स्थिति देखिएको छ । गठबन्धनको मत बलियो देखिँदा एमालेलाई दुवै क्षेत्रमा जितका लागि चुनौती हुने देखिएको छ ।
सुर्खेत । प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ। जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी […]
सुर्खेत : प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ। प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा एमाले प्रतिनिधिसभामा शून्य भएको हो। जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, सुर्खेत क्षेत्र नम्वर १ मा कांग्रेसका पूर्णबहादुर खड्का, क्षेत्र नम्वर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्वर १ मा नेकपा ( एकीकृत समाजवादी ) का अम्वरबहादुर थापा , क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भए
सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।
विगतमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ११ जना सांसद यो चुनावमा पनि दोहोरिएका छन् । दोहोरिनेमा सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र नेकपा एमालेबाट ध्रुवबहादुर शाही, सुर्खेत क्षेत्र नं २ मा नेपाली कांग्रेसकै हृदयराम थानी, सल्यानमा नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, रुकुमपश्चिम र जाजरकोटमा नेकपा माओवादी केन्द्रबाट क्रमशः जनार्दन शर्मा र शक्ति बस्नेत छन् ।
नेपाली कांग्रेस प्रदेश समितिले सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रम डा. शेखर कोईराला पक्षका नेता/कार्यकर्ताले वहिस्कार गरेका छन् ।
कार्यक्रममा सहभागि हुन उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आगेपछि कांग्रेसका अर्का नेता हृदयराम थानी ...
सुर्खेत । नेपाली कांग्रेस प्रदेश समितिले आज सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगेका छन् । आज बिहान बुद्ध एअरको जहाजबाट सुर्खेत आएका उपसभापति खड्का भीआईपी कक्षमा छिर्दै गर्दा कांग्रेसका अर्का प्रभावशाली नेता पूर्वमन्त्री हृदयराम थानी भने त्यही विमानबाट काठमाडौंतिर लागे । जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई शेखर […]