प्रतिनिधिसभामा कर्णालीबाट एमाले जितविहीन

सुर्खेत : प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ। प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा एमाले प्रतिनिधिसभामा शून्य भएको हो। जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, सुर्खेत क्षेत्र नम्वर १ मा  कांग्रेसका पूर्णबहादुर खड्का, क्षेत्र नम्वर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्वर १ मा नेकपा ( एकीकृत समाजवादी ) का अम्वरबहादुर थापा , क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भए

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । उनी रौटहट–२ बाट ३२...

प्रतिनिधिसभामा अब १२ दल

काठमाडौं, मंसिर १९ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसद्मा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी,) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व […]

मुगुमा सनानुपातिकतर्फ एमाले पहिलो

जिल्लामा समानुपातिकतर्फको मतगणना सकिँदा नेकपा एमाले पहिलो स्थानमा देखिएको छ।  प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको कूल २६ हजार ५ सय ५४ मतमध्ये ८ हजार ६ सय ४३ मत ल्याएर एमाले पहिलो भएको छ,भने...

प्रतिनिधिसभामा कर्णालीमा एमाले शून्य, अबको मुख्यमन्त्री को ?

प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ । प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा (एमाले) प्रतिनिधिसभामा शून्य भएको हो । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पुर्णबहादुर खड्का, क्षेत्र नम्बर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्बर १ मा […]

गठबन्धनले कर्णालीमा कांग्रेसको उदय, प्रतिनिधिसभामा एमाले र प्रदेशमा नेकपा एस निल

सत्ता गठबन्धनका कारण कर्णालीमा कांग्रेसको उदय भएको छ । कर्णालीबाट प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा नेकपा एकीकृत समाजवादी निल भएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ । विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल गर्नुपर

प्रतिनिधिसभामा अघि बढ्यो नागरिकता विधेयक

काठमाडाैँ- सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक बुधबारको प्रतिनिधिसभामा पेस गरेका हुन्। नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि खाँडले विधेयक पेस गरेका हुन्। एमाले सांसद […]

नागरिकता विधेयक प्रतिनिधिसभामा पेस, अघि बढाउने बाटो खुला

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था […]

प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गर्नुभएको हो । सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गर्नु भएको छ । भट्टराईले […]

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

प्रतिनिधिसभामा नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ। आज बिहीबार पनि सभामुखले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। माधव नेपालसहित १४ जना सांसद कारबाही प्रकरणमा सभामुखले सुचना...