सुर्खेत काँग्रेसमा आन्तरिक द्वन्द्व : खड्का पक्षले एकलौटी गर्न खोजेको थानी पक्षको निष्कर्ष !

नेपाली काँग्रेस सुर्खेतमा लफडा जारी छ । जसका कारण पनि सुर्खेतमा गठबन्धन दलहरुबीच तालमेलमा सकस भएको छ । निर्णायक भूमिकामा रहेको काँग्रेसले लचकता नदेखाए पनि एकीकृत समाजवादी र माओवादीले उम्मेदवार छनोटदेखि आन्तरिक तयारी गरिसकेका छन् । आइतबार मनोनयन दर्ता गर्ने दिनमै काँग्रेसभित्रको संस्थापन  इत्तर समुह अर्थात हृदयराम थानी समूहले एकल भेलाको आयोजना गरेको छ ।  उक्त भेलाले संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खोजेको निष्कर्ष निकालेको छ । पूर्व जिल्ला सभापति कमलराज रेग्मीले

सम्बन्धित सामग्री

संसद विघटन असंवैधानिक भएको चार पूर्व प्रधान न्यायाधीशको निष्कर्ष

काठमाडौं । चार पूर्व प्रधान न्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् । शुक्रबार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटनसम्बन्धी संविधानमै नभएको धारा प्रयोग गरी संसद विघटन गरिएको बताएका छन् । विज्ञप्तिमा संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारिएको छ । ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन ।’ विज्ञप्तिमा देशको प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । उनीहरुले संविधान र संविधानवादको अधीनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नेमा पनि विश्‍वास व्यक्त गरिएको छ । ‘स्पष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहीत रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’ विज्ञप्तिमा छ, ‘कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन ।’

एमालेले धेरै सिट जितेपछि कांग्रेस र माओवादीभित्र भयो ‘बबण्डर’ - Purbeli News

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ । दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको छ । केन्द्रदेखि वडा तहसम्म नै गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।...