राजदूत नियुक्तिमा सांसदले उठाए समावेशिताको प्रश्न

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । उनले भनिन्-सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन  । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त

सम्बन्धित सामग्री

राजदूत नियुक्ति संविधानबमोजिम समावेशी बनाउँदै लैजान्छौँ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्।बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोहीबमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिव

दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद् आचार्यको सुझाव

काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कूटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तीमा ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक […]

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै […]

राजदूत नियुक्तिमा निर्मम ठट्टा

सरकारमा जोसुकै आए पनि राजदूत नियुक्तिको प्रवृत्ति भने कहिल्यै फेरिएन। जुनसुकै दलको सरकार बने पनि राजदूतमा आफन्त समेट्नै पर्ने कस्तो बाध्यता यो मुलुकमा आएको हो? आश्चर्यको विषय भएको छ।...

राजदूत नियुक्तिमा ढिलाई

काठमाडौँ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त हुनुभन्दा सामान्यतया तीन महिनाअगाडि नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने’ उल्लेख छ तर सरकारले त्यसको कार्यान्वयन गरेको छैन । दक्षिण कोरियासहित २० मुलुकमा राजदूत रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन । धेरै नेपाली कामदार रहेको र नेपाललाई द्विपक्षीय सहयोग गर्ने महत्त्वपूर्ण देश दक्षिण कोरियामा सन् २०१९ […]

सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ

काठमाडौं । पाँच दलीय सत्तारूढ दलभित्रको किचलोले लामो समयदेखि २० देश राजदूतविहीन बनेको छ । ६ महिनादेखि ती देशहरूमा अहिलेसम्म राजदूत नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा नमिल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो । –६ महिनादेखि २० देश राजदूतविहीन प्रधानमन्त्री शेरबहादुर […] The post सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजदूत नियुक्तिमा भागबण्डा नगरौं : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा भागबण्डा नगर्न सुझाव दिएका छन्। सामाजिक संजाल फेसवुकमार्फत उनले भनेका छन्, ‘अब छिट्टै राजदूतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला। यधपी प्रम ले...

स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक

काठमाडौँ। स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरूको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू नहुने व्यवस्था गरेको थियो । त्यस विरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राजदूत नियुक्तिको योग्यतामा कसैलाई उपाधि अनिवार्य हुने र […]