काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्।बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोहीबमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिव