नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एकसाथ ३ कम्पनीको शेयर सुचिकृत भएको छ । आज नेप्सेमा हालै आईपिओ निष्काशन गरेका अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत गंगा हाइड्रो र मन्दाकिनी हाइड्रोको शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भए सगै बुधबारबाट नेप्सेमा यी कम्पनीको कारोबार सुचारु हुन सक्ने छ । यी कम्पनीको बुधबारको कारोबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड ३५ कित्ता शेयर , श्वेत गंगाको १ करोड ५९ लाख ३० हजार, र मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता शेयर सुचिकृत भएको हो ।नेप्सेले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबारको लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको रेन्ज, श्वेत गंगाको पहिलो कारोबारको लागि ८९.८८ देखि २६९.६४ रुपैयाँसम्म रेन्ज र मन्दाकिनी हाइड्रोको पहिलो कारोबारको लागि १०२ रुपैयाँ देखि ३०६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको USHEC सिम्बलबाट , श्वेत गंगाको SGHC सिम्बलबाट र मन्दाकिनी हाइड्रोको MHL सिम्बलबाट कारोबार हुने छ ।