दाङमा एकै दिन ४ कोरोना संक्रमितको मृत्यु, थपिए २०८ जना

दाङ : दाङमा बिहीबार मात्र थप २ सय ८ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।घोराही र बुटवलमा गरिएको परीक्षणमा थप २०८ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पिसीआर परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो।जसमा तुलसीपुर उपमहानगरका ६८ जना, घोराही उपमहानगरका ६७, बबई गाउँपालिकाका ६, गढवा गाउँपालिकाका ५, लमही नगरपालिकाका ३ जना, दंगीशरण गाउँपालिकाका २ जना, &nbs

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।