स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस

नेपाल समाचारपत्र, काठमाडौं कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो । उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा […]

सम्बन्धित सामग्री

फेरि स्वास्थ्य संकटकाल लागू हुन सक्ने जापानको चेतावनी

असार १२,  टोकियो  । जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ ।      जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न चेतावनी दिएका हुन् । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रवार बताएका हुन् ।    जापानको राजधानीसमेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीवार एकै दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् ।  टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।      अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या थप बढ्दै जाने देखिएको पनि पनि उनले बताए । रासस/ एएनआई

आवश्यक परे स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री ओली

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको बताए।

स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन्। सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउने बारे तयारी भइरहेको बताएका हुन्। सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो। 'आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ,' उनले भने।…

यस्तो छ स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश (पूर्ण पाठसहित)

काठमाडौं : सरकारले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश (२०७८’ मा स्वास्थ्य संकटकाल समेत लगाउन सक्ने व्यवस्था गरिएको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था छ। अध्यादेशले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सट्टामा अर्को संयन्त्रको प्रस्ताव गरेको छ।त्यस्तै खोप खरिदलगायतका कार्यका लागि पनि कानुनी व्यवस्था गरेको छ। अध्यादेशमा संकटकालको उल्लंघन गरेमा अधिकतम एक वर्षसम्म कैद र प

तुरुन्त स्वास्थ्य संकटकाल घोषणा गर

मुलुकको निजी क्षेत्र, स्वास्थ्यकर्मीका संस्था तथा विभिन्न निकायले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन पटक–पटक सुझाव दिएका छन्, जसले गर्दा विश्वबाट नेपाललाई प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउन सहज होस् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपालको अवस्था गम्भीर भनेर विश्व समुदायसँग सहायता माग्दै गर्दा सरकार भने परिस्थिति आफ्नो नियन्त्रणमा रहेको राग अलाप्दै छ । नेपाल चिकित्सक […]

तत्काल स्वास्थ्य संकटकाल लगाउन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने बताएका छन् । उनले यसबारे सोच्न ढिला गर्न नहुनेमा जोड दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राती कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफलमा उनले स्वास्थ्य संकटकाल घोषणा गरे ।विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने धारणा राखे । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्

स्वास्थ्य संकटकाल लगाउन किन ढिलाइ ?

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति […]

स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन

काठमाडौं :  कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेपनि सबै सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएक