सरकारलाई चिकित्सक संघको सुझाव : बढी संक्रमित भएका जिल्लामा स्वास्थ्य संकटकाल लगाऔं

नेपाल चिकित्सक संघले कोरोना संक्रमितको संख्या धेरै भएको जिल्लामा स्वास्थ्य संकटकाल लगाउन सरकारलाई सुझाव दिएको छ । कोरोनाको दोस्रो लहरका कारण संक्रमितको संख्या बढिरहेको, चिकित्सहरू समेत संक्रमित भएको र अस्पतालका बेडहरू भरिन थालेको भन्दै चिकित्सक संघले संक्रमित बढी भएका जिल्लामा स्वास्थ्य संकटकाल लगाउन माग गरेको हो । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले सोमवार संयुक्त विज्ञप्ति प्रकाशित गरी सरकारसँग ११, सर्वसाधारण नागरिकसँग ५ र चिकित्सकसँग २ बुँदे अपिल जारी गरेका हुन् ।  चिकित्सक संघले अस्पता...

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सम्पन्न, सरकारलाई तीन सुझाव

नेकपा(एमाले)ले बागमती प्रदेश अन्र्तगतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा केही जनप्रतिनिधिले पार्टी निर्देशन अवज्ञा गरेको भन्दै यसलार्ई गम्भिरतापूर्वक लिएको बताएको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्ने क्रियाकलापको भत्र्सना गरिएको परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीेले बताए । ज्ञवालीले सरकारले अध्यादेशबाट नभई संसदको नियमित बैठकबाट बजेट ल्याउने स्पष्ट पारे । तत्काल देशमा स्वास्थ्य संकटकाल नलगाइने पनि उनले बताए ।

तुरुन्त स्वास्थ्य संकटकाल घोषणा गर

मुलुकको निजी क्षेत्र, स्वास्थ्यकर्मीका संस्था तथा विभिन्न निकायले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन पटक–पटक सुझाव दिएका छन्, जसले गर्दा विश्वबाट नेपाललाई प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउन सहज होस् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपालको अवस्था गम्भीर भनेर विश्व समुदायसँग सहायता माग्दै गर्दा सरकार भने परिस्थिति आफ्नो नियन्त्रणमा रहेको राग अलाप्दै छ । नेपाल चिकित्सक […]

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताएका हुन् ।उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र […]

स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन

काठमाडौं :  कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेपनि सबै सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएक

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसी मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयार