सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । अहिलेकाे सरकार काम चलाउ हाे कि भन्ने खालका प्रश्न उठेकाे भन्दै काेही पनि भ्रममा नपर्न अपील गर्नुभयाे । आज मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएकाे भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो ।