सेयर बिक्री गरेपछि के गर्नुपर्छ ?

ईडीआइएस भनेको सेयर बिक्री गरेपछि बिक्री गरेको सेयरलाई बिक्रीकर्ताले आफ्नो डिम्याट खाताबाट ब्रोकरको पुल खातामा पठाउनको लागि दिइने विद्युतीय निर्देशन हो । यसलाई अंग्रेजीमा ‘इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप’ भनिन्छ । ग्राहकले सेयर बिक्री गरेपछि राफसाफ कार्यलाई अगाडि बढाउन अनिवार्य रुपमा आफ्नो खाताबाट ब्रोकरको डिम्याट पुल खातामा सेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । ग्राहकले डिम्याट खाता सञ्चालन […]

सम्बन्धित सामग्री

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।...

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

वरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।हकप्रदमा आरबीबी मर्चेन्ट बैं

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ५ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो […]

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन […]

सिटिजन्स बैंकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

काठमाडौं, २६ असार । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ […]

आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने

सानिमा बैंकको १० लाख कित्ता संस्थापन सेयर बिक्री हुँदै, क-कसले किन्न पाउछन् ?

सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।  इच्छुक संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले मंसिर १७ गते अर्थात शुक्रबारदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनसक्ने छन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जन

मञ्जुश्री फाइनान्सले संस्थापक समूहअन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौँ– मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गत १२ हजार पाँच सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ। साथै, संस्थापक सेयर खरिदका लागि योग्य […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।