नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा मात्रै नभएर शान्ति प्रक्रिया नै विघटन गर्न खोजेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले संसद विघटनमात्रै गरेनन्, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि विघटन गरे,’ उनले भने, ‘हुँदाहुँदै शान्ति प्रक्रिया पनि विघटन गर्न चाहिरेका छन् । ’