लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी नगरपालिकामा ३ सय १३ र टीकापुर नगरपालिकामा १ सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् […]