खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल भएको बताउँछन् ।
कञ्चनपुर – कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ मा पर्ने बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । यस पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । तीन वर्षअघि यस नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । बाढीले नदी किनारका बस्तीमा क्षति पुर्...
विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाए
दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।
काठमाडौं : रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ। देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो।गए रातिदेखि लगातार परेको पानीले खोलामा पानीको सतह बढेको छ। यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ। यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन्।रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम विभागको मौसम पूर्वानुम
६ असोज, गलकोट । बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका […]
बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।
सिन्धुपाल्चाेक / वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्। मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ। बाढीले बगाएका एक पुरुषको शब...
The post बाढीले मेलम्ची करिडोर तहसनहस appeared first on Purbeli News.
वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ। बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७
गलकोट । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् । अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं […]
सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो ।
२१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस