कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा बाढी पस्दा ४० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार रातिदेखिको अविरल वर्षाले चुरेबाट निस्कने भालुखोला र गोदावरी नदीमा आएको बाढीले वडा १ र ४ का विभिन्न बस्ती जलमग्न भएका छन् ।