तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले निर्माण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको