काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।उक्त शाखा कार्यालयको उद्घाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए